मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो मैत्रीपूर्ण : घरेलु समर्थकसँग नेपाल, आफूलाई बलियो देखाउने दाउमा इन्डिया

दोस्रो मैत्रीपूर्ण : घरेलु समर्थकसँग नेपाल, आफूलाई बलियो देखाउने दाउमा इन्डिया

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे पाँच बजे नेपाल र इन्डियाको मैत्रीपूर्ण फुटबल हुँदैछ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे पाँच बजे नेपाल र इन्डियाको मैत्रीपूर्ण फुटबल हुँदैछ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपालमा साफको उपाधि दावेदार इन्डिया सेम्टेम्बर २ र ५ तारिखका दुई खेलको लागि दुई हप्ता अघि नेपाल आइपुगेको थियो।

सोहि खेलअन्तर्गत गएको बिहीबार भएको पहिलो मैत्रीपूर्ण १–१ गोल अन्तरको बराबरी भएको थियो भने आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। पछिल्लो खेलमा इन्डियाले अपेक्षकृतभन्दा कमजोर प्रदर्शन गर्नुको कारण प्रशिक्षक इगोर स्टिमेकले मैदान र नेपालको डिफेन्सलाई बताएका थिए।

‘हामीलाई नेपालको मैदानले दवाव दियो। नियमित पानीका कारण हामीले राम्रो खेल्न सकेनौं। नेपालले डिफेन्स निकै टाइट राखेका कारण हामी राम्रो आशा गरिएअनुसारको गोल भएन,’ बिहीबार दशरथ रंगशालामा नेपालसँग बराबरीमा रोकिएपछि इन्डियन प्रशिक्षक स्टिमेकले भने।



यता नेपाली टिमको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने आफूले खेलका तीन कुरामा केन्द्रित रहेको बताएका थिएन। ‘मैले आजको खेलका टाइट डिफेन्स, काउन्टर अट्याकमा गोल र अट्याकिङ मिडफिल्डमा जोड दिएको थिएँ,’ अग्रता जोगाउन नसेकेको नेपाली टिमको प्रशिक्षक अलमुताइरीले भने।

वर्षको समय भएका कारण शुक्रबार मैदानमा दुबै टोलीलाई अभ्यास गर्न दिइएन। आयोजक अखिल नेपाल फुटबल सघं (एन्फा) जतिसक्दो मैदानलाई चुस्त राख्न लागिपरेको छ।

मैदानको अवस्थाभन्दा पर, आजको खेलमा दुवै टिम जित निकाल्न चहान्छ। पछिल्लो खेलमा बराबरीमा रोकिएपछि इन्डियन समर्थले प्रशिक्षक स्टिकेमको आलोचना गरिरहेका छन्। त्यसैले उसलाई जित निकाल्नै पर्ने दबाब पनि छ।

यता घरेलु समर्थकमाझ नेपाली टिम पनि पाहुना टिमलाई स्तब्ध पार्न चाहन्छ। घरेलु टिमका हिसाबले नेपाललाई त्यो अवसर पनि छ।

५ हजार १ सय दर्शक माझ नेपालले पहिलो खेलमा भारतलाई ठूलै चुनौती दिएको थियो। पहिलो हाफमा कुनै पनि समय भारतले नेपाललाई दवावमा राख्न सकेन। उल्टै नेपालले भारतलाई बारम्बर बल ‘पोसेसन’ राख्दै काउन्टर तनाब दिरहेको थियो। 



दोस्रो हाफमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भनेझै भारतले जम्मा १० मिनेटमा नेपाललाई हरायो। बाँकी समय नेपालले भारतलाई दवावमा राखेको थियो।

अनिरुद्ध थापाले ६० मिनेटमा गोल गरेपछि नेपाली लिमविरुद्धघ भारतले दबाब सिर्जना गरेको थियो। त्यसअघि ३६ मिनेटमा नेपालका अन्जन बिष्टले सुरुवाती गोल गर्दाका बखत भने नेपाली टिमले इन्डियन टिमलाई खुलेर खेल्न दिएको थिएन्।

अब, नेपाल र इन्डियासहित दक्षिण एसियाका पाँच टिम आसन्न साफ च्याम्पियन्सिपको तयारी गरिरहेका छन्। अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रिपूर्ण खेल खेलेका हुन्।



त्यसको तयारीमा केही नयाँ खेलाडीले पनि अवसर पाए। अब, भारतीय प्रशिक्षक इगोरले आइतबार नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्ने सम्भावना छ। उनले पहिलो दिनको पहिलो हाफमा आफ्नो खेलाडी चल्न नसकेपछि ४६ मिनेटमै ३ खेलाडी परिवर्तन गरेका थिए।

नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यू गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका थिए।

नेपाली टोली भारतसँगको मैत्रिपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।

प्रकाशित: Sep 05, 2021| 07:25 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।