मंगलबार, चैत १०, २०८२

‘ए’ डिभिजन लिगको जारी सिजनमा क–कसले गरे अधिक गोल ?

यही सिजनबाट लिग खेलमा एक सय गोल गरिसकेका खेलाडी हुन् च्यासल युथ क्लबका फरवार्ड– सन्तोष शाहुखल। उनी ६ खेलमा पाँच गोल गर्दै यो सिजनको शीर्ष गोलकर्तामा परेका छन् ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण आजबाट सुरु हुँदैछ। लिगको छैटौं चरण सकिँदासम्म ४२ खेल भए भने ७४ गोल भइसकेको छ।

National life

७४ गोल ४७ खेलाडीबाट भएको हो। यही सिजनबाट लिग खेलमा एक सय गोल गरिसकेका खेलाडी हुन् च्यासल युथ क्लबका फरवार्ड– सन्तोष शाहुखल। उनी ६ खेलमा पाँच गोल गर्दै यो सिजनको शीर्ष गोलकर्तामा परेका छन् ।

त्यस्तै, नेपाल पुलिस क्लबका सुमन लामा ४ गोलका साथ सन्तोषलाई पछ्याइरहेका छन्। उनले पनि ६ खेलमै ४ गोल गरेका हुन्।

लिगमा तीन गोल गर्ने खेलाडी चार जना छन् । मछिन्द्र क्लबका सोमिडे एड्लेजा, मनाङका विमल राना, विभागीय टोली एपीएफका आशिष लामा र त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ तीन गोल गर्ने खेलाडीहरु हुन् ।

एन्फाले दिएको जानकारीअनुसार धेरै गोल गर्ने खेलाडीमा सातौं स्थानबाट १५ औं स्थानसम्म दुई गोल गर्ने खेलाडीहरु रहेका छन् ।

Laxmi sunrise bank
kumari

रातो कार्ड पाउने १० खेलाडी

जारी लिगमा १० खेलाडीले रेड कार्ड सजाय पाएका छन्। रेड कार्ड सजाय पाउनेमा मनाङ मर्स्याङ्दी क्लब अगाडि छ । उसका तीन खेलाडीले रातो कार्ड पाएका छन् ।

मनाङका अशोक बराल, एकराज बुढाथोकी र सुरज बिकले रेड कार्ड पाएका हुन्। त्यस्तै त्रिभुवन आर्मी क्लबका दुई खेलाडीले रातो कार्ड पाएका छन् । उसका युद्ध शाही र सुमन अर्यालले रोतो कार्ड पाए ।

अन्य खेलाडीहरुमा ब्रिगेड ब्वाइज क्लबका दिपकराज शाही, न्यूरोड टिमका जोर्डन जुनियर ओवोना, हिमालयन शेर्पा क्लबका निरज बस्नेत, नेपाल पुलिस क्लबका अञ्जन राई र संकटा क्लबका लक्षमण रुचाल रहेका छन्।

प्रकाशित: Jan 17, 2020| 12:08 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।