बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारत–अस्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट : पुनरागमन गर्ला भारत ?

भारत–अस्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट : पुनरागमन गर्ला भारत ?

भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आज (शुक्रबार) दोस्रो खेल हुँदैछ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आज (शुक्रबार) दोस्रो खेल हुँदैछ।

शृंखलामा ०–१ ले पछि परेको भारत जारी खेलमा शृंखलामा पुनरागमन गर्ने लक्ष्यमा छ। तर, बलियो अस्ट्रेलियासामु खेल जित्न सहज छैन। किनकि अस्ट्रेलिया क्रिकेटका तीनै (ब्याटिङ, बलिङ र फिल्डिङ) क्षेत्रमा बलियो छ।

ब्याटिङमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर र आरोन फिन्च लयमा छन्। उनीहरूले जारी शृंखलाको पहिलो खेलमा शतक प्रहार गरेका थिए।

यस्तै, स्टिभ स्मिथ र टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका मार्नस लाबुसाने पनि भारतका लागि चुनौती बन्न सक्नेछन्।

बलिङतर्फ मिचेल स्टार्क, प्याट कमिन्स र एडम जम्पाले राम्रो प्रदर्शन गरिरहेका छन्। पछिल्लो खेलमा स्टार्कले ३, कमिन्सले २ र जम्पाले १ विकेट लिएका थिए।

यसकारण भारतले अस्ट्रेलियाविरुद्ध जित निकाल्न उसको ब्याटिङ र बलिङ लाइनअप ध्वस्त बनाउनुपर्नेछ। यस्तै, भारतले फिल्डिङमा पनि सुधार गर्नुपर्ने देखिएको छ। पछिल्लो खेलमा भारतको फिल्डिङ निकै कमजोर रहेको थियो।

यता, अस्ट्रेलिया पनि आजको खेल जितेर शृंखलामाथि कब्जा गर्ने दाउमा छ। तर, अस्ट्रेलियालाई भारतविरुद्धको खेल सहजै जित्न सक्ने अवस्था छैन।

भारत एकदिवसीय क्रिकेटमा बलियो टोली मानिन्छ। एकदिवसीय क्रिकेटको वरीयतामा भारत अस्ट्रेलियाभन्दा अघि छ। वरीयतामा भारत दोस्रो स्थानमा हुँदा अस्ट्रेलिया चौथोमा छ। वरीयताको शीर्षमा इंग्ल्यान्ड छ भने तेस्रोमा न्युजिल्यान्ड छ।

हेड टु हेडका आधारमा भारतभन्दा अस्ट्रेलिया अघि छ। यी दुवै टिमबीच भएका १३७ खेलमध्ये अस्ट्रेलियाले ७७ खेल जितेको छ। यता, भारतले भने ५० खेलमा मात्रै जित हासिल गर्न सकेको छ।

त्यसकारण कुन टिमले खेल जित्छ भन्ने अनुमान लगाउन सहज छैन।

प्रकाशित: Jan 17, 2020| 10:06 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।