मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अबुधाबी दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो, १४ नेपाली घाइते

अबुधाबी दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो, १४ नेपाली घाइते

यूएईको अबुधाबीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमानउने तीन नेपाली महिलाको सनाखत भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौँ- यूएईको अबुधाबीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमानउने तीन नेपाली महिलाको सनाखत भएको छ।

बिहीबार गुडिरहेको लरीमा बस ठोक्किँदा भएको दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो । जसमा तीन जना नेपाली रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

दुतावासका अनुसार दुर्घटनामा परेर ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेका छन् ।

दुर्घटनामा अरु १४ जना नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्।

यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते भएको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

प्रकाशित: Jan 17, 2020| 09:45 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।