मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सातौं चरणका खेल आज सुरु हुँदै, मछिन्द्र शीर्ष स्थानको अग्रता बढाउने लक्ष्यमा

सातौं चरणका खेल आज सुरु हुँदै, मछिन्द्र शीर्ष स्थानको अग्रता बढाउने लक्ष्यमा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा आज (शुक्रबार)बाट सातौं चरणका खेल सुरु हुँदैछन्।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा आज (शुक्रबार)बाट सातौं चरणका खेल सुरु हुँदैछन्।

National life

सातौं चरण सकिँदा लिग फुटबलले मध्यक्रमको विजेता पाउने भएकाले यो चरणलाई महत्त्वका साथ हेरिएको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातौं चरणको पहिलो खेलमा शीर्ष स्थानको मछिन्द्रले पुछारबाट दोस्रो (तेह्रौं) स्थानको हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

यस्तोमा मछिन्द्र खेल जितेर शीर्ष स्थानको अग्रता बढाउने लक्ष्यमा छ। जारी सिजनमा मछिन्द्रकाे १३ अंक छ। मछिन्द्रकाे अंक दोस्रो स्थानकाे त्रिभुवन आर्मीसँग बराबरी छ।

विभिन्न क्लबबाट ‘राम्रा’ खेलाडी भित्र्याएको मछिन्द्र जारी खेलमा आक्रामक रूपले प्रस्तुत हुनेछ। तर, पहिलो रोजाइका तीन खेलाडी प्रतिबन्धमा परेकाले मछिन्द्रलाई हिमालयन शेर्पाविरुद्धको खेल जित्न चुनौती देखिएको छ।

Laxmi sunrise bank
kumari

यता, लिगका ६ खेलमा जितविहीन रहेको हिमालयन शेर्पा क्लब पनि मछिन्द्रबाट ३ अंक खोस्ने दाउमा छ। मछिन्द्रका पहिलो रोजाइका तीन खेलाडी प्रतिबन्ध परेकाले हिमालयन शेर्पालाई लक्ष्य हासिल गर्न केही सहज हुने देखिन्छ।

पाँचौं चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबसँगको विवादले मछिन्द्रका तीन खेलाडी प्रतिबन्धमा परेका थिए।

जारी सिजनको अंकतालिकामा हिमालयन शेर्पाको ४ अंक छ। उसले जारी सिजनमा २ खेलमा पराजय व्यहोर्दा ४ मा बराबरी खेलेको छ।

यस्तो छ अंकतालिका

अंकतालिकामा दोस्रो स्थानकाे त्रिभुवन आर्मीले जारी प्रतियोगिताका ६ खेलमध्ये ४ मा जित, १ मा पराजय र १ मा बराबरी खेलको छ।

मनाङ मर्स्याङ्दी १२ अंकसहित तेस्रो स्थानमा छ। थ्री स्टारको १० अंकसहित चौथो, जाउलाखेल युथको ९ अंकसहित पाँचौं र न्युरोड टिम (एनआरटी), नेपाल पुलिस र संकटा क्लबको समान ८ अंकसहित क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन्।

यस्तै, ब्रिगेड ब्वाइज, च्यासल, एपीएफ, फ्रेन्ड्स र सरस्वती युथ क्लब क्रमशः नवौं, दसौं, एघारौं, बाह्रौं र चौधौं स्थानमा छन्।

प्रकाशित: Jan 17, 2020| 08:39 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।