आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दिल्ली निर्वाचन २०२० : आम आदमी पार्टीले गर्‍यो उम्मेद्वार घोषणा, कसकसले पाए टिकट ?

दिल्ली निर्वाचन २०२० : आम आदमी पार्टीले गर्‍यो उम्मेद्वार घोषणा, कसकसले पाए टिकट ?

भारतको दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टीले आउँदो विधानसभा निर्वाचनका लागि आफ्ना उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ। दिल्ली विधानसभामा जम्मा ७० सिट छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

नयाँ दिल्ली- भारतको दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टीले आउँदो विधानसभा निर्वाचनका लागि आफ्ना उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ। दिल्ली विधानसभामा जम्मा ७० सिट छ।

National life

निरन्तर १५ वर्ष सत्तामा रहेकी कांग्रेस नेत्री शिला दिक्षितलाई हस्तिनापुरको सत्ताबाट ओराल्न सफल आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विधानसभा चुनावमा नयाँ रणनीतिका साथ अघि बढ्ने घोषणा गरेका छन्।

आम आदमी पार्टीले दिल्ली विधानसभाको सबै ७० सीटका लागि आफ्ना प्रत्यासीहरु घोषणा गरेर ठूला पार्टीहरु कांग्रेस र भाजपालाई अग्रिम चुनौती पेश गरेको छ।

एकातर्फ आम आदमी पार्टीमाथि आफ्नो बर्चस्व यथाबत राख्ने दबावमा छ भने भाजपाको दुई दशक भन्दा बढी समययता सत्ता दिल्लीको सरकारबाट बाहिर रहेको स्थितिलाई अन्त्य गर्नु पर्ने एउटा रणनीतिक मौका छ।

त्यसैगरी भारतीय कांग्रेस पनि आफ्नो पुरानो विरासत फर्काउन नयाँ व्यक्ति र रणनीति लिएर अघि बढ्ने तयारी गरिरहेको बुझिन्छ। नेत्रृ दीक्षितको निधनपछि पार्टी दुई अहम बदलावका साथ मैदानमा उत्रिने देखिन्छ।

Laxmi sunrise bank
kumari

पहिलो, पार्टीमा सुभाष चोपड़ाको नेत्रृत्वमा प्रदेशको कमाण्ड दिनु र दोस्रो पूर्व राष्ट्रिय अध्यक्ष राहुल गान्धीको स्थानमा केन्द्रीय पार्टी कमाण्ड सोनिया गान्धी रहनु।

दुई दिनअघि आम आदमी पार्टीको एक महत्वपूर्ण बैठक दिल्लीेको मुख्यमन्त्री तथा पार्टी प्रमुख अरविंद केजरीवालको घरमा बसेको थियो। त्यस बैठकपछि आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि आफ्ना उम्मेद्वारहरुको लिष्ट तयार परेको छ।

यसमा ४६ विधायकहरुलाई टिकट दिइएको छ। यो चुनावमा अरविन्द केजरीवाल नयाँ दिल्ली विधानसभा सीटबाट चुनाव लड्ने छन्। त्यसैगरी उपमुख्यमन्त्री मनिष सिसोदिया पटपड गन्जबाट चुनाव लड्ने तय भएको छ।

दिल्लीमा विधानसभाको जम्मा ७० सीट छन्, जसमा ५८ सामान्य श्रेणीका छन् भने १२ सीट अनुसूचित जातिका लागि आरक्षित गरिएको छ। २०१५ को चुनावमा ७० विधानसभा सीटमध्ये ६७ सीटमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीले कब्जा जमाएको थियो।

बचेको तीन सीटमा भाजपा जित हासिल गरेको थियो। कांग्रेस लगायत अन्य कुनै पनि दलले त्यहाँ खातासम्म खोल्न सकेका थिएनन्। दिल्ली प्रदेशमा आउँदो फेब्रुअरी महिनाको ८ तारिखमा विधानसभा निर्वाचन हुँदैछ र फेब्रुअरीकै ११ तारिखमा मतगणना हुनेछ।

आम आदमी पार्टीले तय गरेका उम्मेद्वार र निर्वाचन क्षेत्र

नरेला – शरद चौहान
बुराड़ी – संजीव झा
तिमारपुर – दिलीप पांडेय
आदर्शनगर – पवन शर्मा
बादली – अजेश यादव
रिठाला – महेंद्र गोयल
बवाना – जय भगवान उपकार
मुंडका – धर्मपाल लाकरा
किरारी – रितुराज झा
सुल्ता नपुर माजरा – मुकेश कुमार अहलावत
नांगलोई जाट – रघुविंदर शौकीन
मंगोल पुरी – राखी बिड़ला
रोहिणी– राजेश नामा बंशीवाला
शालीमार बाग– बंदना कुमारी
शकूर बस्तीग –सत्येंकद्र जैन
त्रिनगर – जितेंद्र तोमर
वजीरपुर– राजेश गुप्तार
मा‘डल टाउन– अखिलेश पति त्रिपाठी
सदर बाजार – सोम दत्तत
चांदनी चौक– प्रहलाद सिंह साहनी
मटिया महल– शोएब इकबाल
बल्ली मारान – इमरान हुसैन
करोल बाग– विशेष रवि
पटेल नगर – राजकुमार आनंद
मोती नगर– शिवचरन गोयल
मादीपुर– गिरीश सोनी
राजौरी गार्डेन –धनवानी चंदेला
हरि नगर– राजकुमारी ढिल्ललन
तिलक नगर–जरनैल सिंह
जनकपुरी– राजेश रिषी
विकासपुरी– महिंदर यादव
उत्तम नगर –नरेश बाल्यान
द्वारका– विनय कुमार मिश्रा
मटियाला– गुलाब सिंह यादव
नजफगढ़ – कैलाश गहलोत
बिजवासन –बीएस जून
पालम– भावना गौर
दिल्ली कैंट –विजेंदर सिंह
राजेंद्र नगर– राघव चढ्डा
नई दिल्ली– अरविंद केजरीवाल
जंगपुरा– प्रवीण कुमार
कस्तूरबा नगर– मदन लाल
मालवीय नगर –सोमनाथ भारती
आरके पुरम– प्रमिला टोकस
मेहरौली– नरेश यादव
छतरपुर– करतार सिंह तंवर
कोंडली – कुलदीप कुमार –मोनू)
देवली– प्रकाश जरवाल
अंबेडकर नगर – अजय दत्त
संगम विहार – दिनेश मोहानिया
ग्रेटर कैलाश– सौरभ भारद्वाज
कालकाजी– आतिशी
तुगलकाबाद– सहीराम पहलवान
बादलपुर – राम सिंह नेताजी
ओखला– अमानतुल्लाह खान
त्रिलोकपुरी– रोहित कुमार मेहरौलिया
पटपड़गंज– मनीष सिसौदिया
लक्ष्मी नगर – नितिन त्यागी
विश्वास नगर– दीपक सिंगला
कृष्णा नगर– एसके बग्गा
गांधी नगर– नवीन चौधरी –दीपू)
शाहदरा– रामनिवास गोयल
सीमापुरी– राजेंद्र पाल गौतम
रोहतास नगर– सरिता सिंह
सीलमपुर– अब्दुरल रहमान
घोंडा– एसडी शर्मा
बाबरपुर– गोपाल राय
गोकलपुर– चौधरी सुरेंद्र कुमार
मुस्तुफाबाद– हाजी युनूस
करावल नगर– दुर्गेश पाठक

प्रकाशित: Jan 16, 2020| 18:57 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।