मंगलबार, भदौ २, २०८३

अहिलेको गत्यावरोधको बाधक नै उपसभामुख होः गजुरेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नै रहेको टिप्पणी गरेका छन् ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नै रहेको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने, ‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन ।’

साक्षात्कारमा नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने, ‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होइन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’

उपभामुख डा. तुम्बाहाङ्फेले राजीनामा नदिए तपाईंहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाइराख्नुहुन्न ।’

उपसभामुख तुम्बाहाङ्फेले लिएको अडान आफूहरुलाई सहज नलागेको पनि उनले टिप्पणी गरे ।

 

प्रकाशित: Jan 16, 2020| 17:05 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।