एजेन्सी– भारतीय क्रिकेट टिमकी सुपरफ्यान चारुलता पटेलको निधन भएको छ । उनको ८७ वर्षमा निधन भएको हो ।
उनको इन्स्टाग्राममा बुधबार एक जानकारी प्रकाशित भएपछि उनको निधन भएको पुष्टि भएको हो । उनको १३ जनवरीको साँझ निधन भएको बताइएको छ । चारुलता इंग्ल्याण्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा भारतको खेल हेर्न ह्विलचेयरमा पुगेकी थिइन् ।
त्यतिबेला भारतीय कप्तान विराट कोहली र रोहित शर्मा उनलाई भेट्न पुगेका थिए । बीसीसीआईले बिहीबार उनलाई श्रद्धाञ्जली दिएको छ ।
बीसीसीआईले चारुलता र कोहलीको फोटो राख्दै लेखेको छ, ‘भारतीय टिमकी सुपरफ्यान चारुलता पटेलजी हाम्रो दिलमा सधै रहनु हुनेछ । खेलप्रति उहाँको लगन हामी सबैका लागि प्रेरणा हो । भगवानले उहाँको आत्मालाई सान्त्वना दिनु हुनेछ ।’
MUST WATCH | What happened when 87-year old Mrs. #CharulataPatel met @ImRo45 & @imVkohli? ????(BCCI) #RIPCharulataPatel
— ??Gurkanwal Singh?? (@RealGurkanwal) January 16, 2020
(Source: BCCI)pic.twitter.com/1WuaEBadxr