मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महन्थ ठाकुर भन्छन्– राजतन्त्र गयो तर बालुवाटार शक्तिशाली हुँदैछ

महन्थ ठाकुर भन्छन्– राजतन्त्र गयो तर बालुवाटार शक्तिशाली हुँदैछ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले राजतन्त्र समाप्त भएर व्यवस्था परिवर्तन भए पनि निरंकुश शैलीमा बालुवाटार शक्तिशाली भइरहेको बताएका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले राजतन्त्र समाप्त भएर व्यवस्था परिवर्तन भए पनि निरंकुश शैलीमा बालुवाटार शक्तिशाली भइरहेको बताएका छन्।

राजपा केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा ठाकुरले भने, ‘राजतन्त्र छैन तर त्यस्तै निरंकुश शैलीमा बालुवाटार शक्तिशाली भइरहेको छ।’

सूचना प्रविधि, मिडिया काउन्सिललगायत विधेयकको विरोध गर्दै ठाकुरले भने, ‘अहिलेको राज्यको शक्ति केही व्यक्तिको हातमा गएको छ। यस्तो अवस्थामा भ्रष्टाचार बढेको छ। डिक्टेटरशिप त अहिले आइसकेको छैन तर जस्तो कानुनहरु बन्दैछ, त्यसले डिक्टेटरशिपतर्फ अगाडि बढ्दैछ। उनीहरुको बहुमत भएकोले उनीहरुले यस्तो कानुनहरु पारित पर्न गर्न सक्छन्। तर, अहिले विरोध चर्को भएकोले रोकिएको छ।’

ठाकुरले देश बहुराष्ट्रिय राज्य भए पनि कर्मचारीतन्त्रमा एक भाषा र एक भेष रहेकोले परितर्वन महुसस नभएको दाबी गरे।

‘‘राजनीतिक संरचना बदलिएको छ तर तल्लो तहसम्म परिवर्तन भएको छैन,’ ठाकुरले भने, ‘‘हाम्रो समस्या समाधानका लागि संघीयता ल्यायौं तर त्यो संघीयताले काम गर्न सकेको छैन। अहिलेको अवस्थामा सबैले संघर्ष गर्नुको विकल्प छैन।’

नेपालमा शासन र विभेद पहिचानको आधारमा भएकोले पहिचानकै आधारमा आफूहरुले संघीयता चाहेको तर त्यो पनि हुन नसकेको ठाकुरले बताए।

प्रकाशित: Jan 16, 2020| 16:37 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।