मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सगरमाथामा तीव्र गतिमा हिउँ पग्लिँदै, नेपाल र तिब्बतमा ठूलो क्षति पुग्ने

सगरमाथामा तीव्र गतिमा हिउँ पग्लिँदै, नेपाल र तिब्बतमा ठूलो क्षति पुग्ने

पर्यावरणविदका अनुसार यो निकै खतरनाक अवस्था हो। यही गतिमा सगरमाथा जमेको हिउँ पग्लिँदै गए आगामी १ सय वर्षमा सगरमाथामा कतै पनि हिउँ देखिने छैन।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौ‌- सगरमाथामा रहेको हिउँ तीव्ररुपमा घटिरहेको एक अध्ययनले देखाएको छ। विगत ६० वर्षमा दुई ठूला हिमनदी रोङबुक र खुम्बुकमा २६० फिट हिउँ पग्लिएको छ। जबकी इमजा हिमनदीमा ३०० फिट हिउँ पग्लिइसकेको छ।

पर्यावरणविदका अनुसार यो निकै खतरनाक अवस्था हो। यही गतिमा सगरमाथामा जमेको हिउँ पग्लिँदै गए आगामी १ सय वर्षमा सगरमाथामा कतै पनि हिउँ देखिने छैन।

अमेरिकाको एउटा जासुसी उपग्रहले दशकौँदेखि लिएका तस्बिरहरुका आधारमा यो विश्लेषण गरिएको हो। यो उपग्रहले सन् १९६२ देखि २०१८ सम्म सगरमाथा क्षेत्रका करिब ८ लाख बढी तस्बिर खिचेको छ।

तिनै तस्बिरहरुको अध्ययनबाट अनुसन्धानकर्ताहरुले सगरमाथा क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिरहेको बताएका छन्।

सन् १९५० को दशकमा अमेरिकी जासुसी अधिकारीहरुले तत्कालीन सोभियत यूनियनमाथि अनुगमन गर्न एउटा गोप्य उपग्रह प्रक्षेपण गरेका थिए। उसको नाम कोरोना थियो।

कोरोना उपग्रहले सन् १९७२ सम्म काम गर्न सक्यो। यो क्रममा अमेरिकी जासुसी संस्था सीआईए, अमेरिकी वायुसेना र केही निजी कम्पनीहरु मिलेर पूर्वी युरोप र एसियाका तस्बिरहरु लिए।

१९९५ सम्म यो निक्कै गोप्य मिसन थियो। तर त्यसपछि त्यसरी लिइएका तस्बिरहरु जारी गर्न थालियो। तस्बिरहरु सार्वजनिक भएसँगै कोरोना र त्यसपछि पठाइएको उपग्रहले सगरमाथाका लाखौं तस्बिर लिएको थाहा भयो।

बेलायतको सेन्ट आन्द्रेज युनिभर्सिटीमा जियोग्राफी र रिमोट सेन्सिङका प्राध्यापक टोबियास बोल्सले ती तस्बिरहरुको आफूहरुले अध्ययन गरेको बताएका छन्।

जुन अध्ययनबाट रोङबुक र खुम्बुक तथा इमाजा हिमनदीमा जमेको हिउँ निकै तीव्ररुपमा पग्लिरहेको पाइएको छ। बोल्सले उक्त अध्ययनपछि आफूहरु पछिल्लो ६० वर्षमा सगरमाथाको सबै क्षेत्रमा औसत ८ इन्च हिउँ पग्लिरहेको छ।

यदि यही गतिमा पग्लिरहने हो भने आगामी १ सय वर्षमा सगरमाथा हिउँरहित देखिने छ। सगरमाथाबाट हिउँ पग्लिएर सकिँदा खाली हिउँरहित सगरमाथा मात्र रहनेछैन। त्यसबाट लाखौं मानिसलाई खानेपानीको अभाव हुनेछ।

सगरमाथाबाट हिउँ पग्लिएर सकिएसँगै नेपाल र चीनको तिब्बतमा ठूलो क्षति हुन सक्ने देखिन्छ।

अध्ययनकर्ताहरुका अनुसार सबैभन्दा ठूलो क्षति सगरमाथा आरोहणमा जानेहरुलाई हुनेछ, यो क्रम केही वर्षमै सुरु हुन सक्छ।

चट्टानी अवस्थामा रहेको हिउँ पग्लँदा आरोहीहरु दुर्घटनामा पर्ने धेरै जोखिम हुनेछ।

अनुसन्धानकर्ता टोबियास बोल्सले सन् १९७० सम्म सगरमाथाबाट निकै कम मात्रामा हिउँ पग्लिएको बताए। तर सन् १९८० पछि यहाँको हिउँ पग्लिने गति निकै बढ्यो।

बोल्सका अनुसार ग्लोबल वार्मिङका कारण यस्तो अवस्था आएको हो। अर्कोतर्फ सगरमाथामा हरेक वर्ष बढिरहेका आरोहीका कारण पनि ठूलो क्षति भइरहेको छ।

सगरमाथामा जम्मा भएको फोहोरले पनि हिउँ पगाल्न सहयोग गरिरहेको छ।

लाइभ साइन्समा प्रकाशित

प्रकाशित: Jan 16, 2020| 16:29 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।