बुधबार, असार ३१, २०८३

एमएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मनमोहन मेमोरियल स्मृती एक दिवसीय क्रिकेट प्रतियोगिता(एमएम कप) को उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस भिड्ने भएका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं - मनमोहन मेमोरियल स्मृती एक दिवसीय क्रिकेट प्रतियोगिता(एमएम कप) को उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस भिड्ने भएका छन्।

बिहीबार इनरुवामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पुलिसले सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। जितका लागि दुई सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३३ दशमलव ३ ओभरमा एक सय ३० रनमा समेटिन पुग्यो। सुदूरपश्चिमकाका लागि ओपनर गजेन्द्र बोहोराले १२ रन बनाउँदा अर्का ओपनर खडक बोहराले १४ रन बनाए। त्यस्तै, किरन ढुंगानाले ३९ र आकास चन्दले २३ रन बनाए। पुलिसका सागल ढकालले पाँच विकेट लिए भने ललित राजवंशीले तीन र ललित सिंह भण्डारीले एक विकेट लिए।

त्यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६८ रन बनाउँदा ललित सिंह भण्डारीले ४० रन बनाए। त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९, कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक
अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका विनोद लामा, शेर मल्ल र आकास चन्दले समान तीन/तीन विकेट लिए।

बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनल खेल शनिबार हुने छ।

प्रकाशित: Jan 16, 2020| 16:22 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।