मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्त्येष्टिका लागि घाटमा लगिएको शव प्रहरीले नियन्त्रणमा लियो

अन्त्येष्टिका लागि घाटमा लगिएको शव प्रहरीले नियन्त्रणमा लियो

मोरङमा अन्त्येष्टिका लागि घाटमा लगिएको एक महिलाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– मोरङमा अन्त्येष्टीका लागि घाटमा लगिएको एक महिलाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी शाहको शव जलाउन तयारी भइरहेका बेला बिहीबार  प्रहरीले नियन्त्रणमा लिएको हो।

घाँटीमा शंकास्पद डाम देखिएपछि स्थानीयले दिएको सूचनाका आधारमा घाटबाट शव नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

‘शंकास्पद देखिएपछि घाटबाटै शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ,’ अधिकारीले भने, ‘हत्या हो कि मृत्यु हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्छ।’

प्रहरी उपरीक्षक अधिकारीका अनुसार प्रेमदेवीका पति गोविन्द शाहले उनकी श्रीमती बेलुकी सँगै सुतेको र बिहान उठ्दा भुइँमा मृत अवस्थामा  भेटिएको बताएका छन्। शाहले प्रेमदेवीले केही महिना पहिले आत्महत्याको प्रयास गरेकाले घाँटीमा  डाम लागेको समेत दाबी गरेका छन्। 

प्रहरीले गोविन्दलाई नियन्त्रणमा लिएको छ। प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको मृतकका दाजु राजु शाहले बताए।

१२ वर्षअघि बिहे भएका उनीहरुका दुई सन्तान छन्।

प्रकाशित: Jan 16, 2020| 16:20 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।