बुधबार, असार ३१, २०८३

आयरल्यान्डसँग विश्व विजेता वेस्ट इन्डिज पराजित

वेस्ट इन्डिजमा जारी द्विपक्षीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयरल्यान्डले विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– वेस्ट इन्डिजमा जारी द्विपक्षीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयरल्यान्डले विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरेको छ।

बुधबार राति सम्पन्न पहिलो खेलमा आयल्यान्डले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो।

२०९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०४ रन मात्रै बनाउन सक्यो।

वेस्ट इन्डिजका लागि इभन लुइसले सर्वाधिक ५३ रन जोडे। उनले आफ्नो पारीमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै, क्यारोन पोलार्डले ३१, सिमरोन हेटमायरले २८, निकोलस पोरन र सेरफाने रुथरफोर्डले समान २६ रनको योगदान दिए।

आयरल्यान्डका लागि जोस लिटिलले सर्वाधिक ३ विकेट लिए। यस्तै, क्राइग योंगले २ तथा जर्ज डकरेल तथा सिमी सिंहले समान १ विकेट लिए।

त्यसअघि आयरल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०८ रन जोडेको थियो। आयरल्यान्डका लागि पाओल स्र्टलिङले सर्वाधिक ९५ रन जोडे। ४७ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र ८ छक्का प्रहार गरे। यस्तै, केभिन ओ ब्राइनले ४८, ग्रेथ डेलेनीले १९ र ग्यारी विल्सनले १७ रन जोडे।

बलिङतर्फ सेल्डोन कट्रेल, खारी पिरर, ड्वेन ब्राभोले समान २ विकेट लिए। यस्तै, ह्याडन वाल्सले १ विकेट चट्काए।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १–०ले अग्रता लिएको छ।

यसअघि वनडे अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा भने वेस्ट इन्डिजले आयरल्यान्डलाई ३–० ले पराजित गरेको थियो।

वेस्ट इन्डिज गत संस्करणको टी–२० विश्वकप विजेता टोली हो।

प्रकाशित: Jan 16, 2020| 13:46 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।