मंगलबार, भदौ २, २०८३

प्रदेश २ मा छोरी बीमा सप्ताह सुरु

प्रदेश २ सरकारले बिहीबारदेखि छोरी शिक्षा बीमा सप्ताह सुरु गरेको छ। ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत प्रदेश सरकारले छोरी बीमा सप्ताह कार्यक्रम सुरु गरेको हो।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

जनकपुरधाम - प्रदेश २ सरकारले बिहीबारदेखि छोरी शिक्षा बीमा सप्ताह सुरु गरेको छ। ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत प्रदेश सरकारले छोरी बीमा सप्ताह कार्यक्रम सुरु गरेको हो। अभियानतहत प्रदेशका आठ जिल्लाबाट एकैसाथ अभियान सुरु भएको मुख्यमन्त्री लालबाबु राउतका स्वीकय सचिव दीपक यादवले जनाएका छन्।

वीरगंजस्थित त्रियुद्ध माध्यमिक विद्यालयबाट मुख्यमन्त्री राउतले बीमा सप्ताह कार्यक्रमको शुभारम्भ गरेका छन्। यसैगरी बाराको कलैयास्थित सिद्धेश्वर मावि, रौतहटको गौरस्थित बाल मन्दिर, सर्लाहीको इश्वरपुर नगरपालिका कार्यालय, महोत्तरीको जलेश्वरस्थित ल.च.मु माध्यमिक विद्यालय, धनुषाको लक्ष्मिनिया गाउँपालिका कार्यालय, सिरहाको कल्यानपुर नगरपालिकास्थित रेडक्रस भवन र सप्तरीको बोदेबरसाइनस्थित चन्द्र माध्यमिक विद्यालयबाट बीमा सप्ताह कार्यक्रम सुरु भएको छ।

अभियानअन्तर्गत एक महिनासम्म गाउँपालिकामा एक दिन, नगरपालिकामा दुई दिन, उपमहानगरपालिकामा तीन दिन र महानगरपालिकामा चार दिन शिविर सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

प्रदेश सरकारले गत वर्ष फागुनदेखि छोरी बीमा शिक्षा कार्यक्रम सुरु गरेपनि गत मंसिरदेखि पौषसम्म बन्द अवस्थामा थियो। छोरी जन्मिएपछि बीमा गराउन जनकपुरस्थित मुख्यमन्त्री कार्यालय पुग्नुपर्ने बाध्यताका कारण कार्यक्रम प्रभावकारी हुन सकेको थिएन। कर्मचारी अभावका कारण प्रदेश सरकारले छोरी शिक्षा बीमा कार्यक्रम सरकारले स्थगित गरेको थियो।

छोरी बीमा शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत १० पुषमा प्रदेश सरकारले माघ २ गतेदेखि बीमा सप्ताह कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो। बीमा सप्ताहअन्तर्गत सरकारले घरदैलोसम्म पुगेर छोरी शिक्षा बीमा गर्ने लक्ष्य राखेको छ।

प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी जन्मिए लगत्तै उनीहरुको बीमा गरेर २० वर्ष उमेर पुगेपछि उच्च शिक्षा अध्ययन गर्न १ लाख २५ हजार रुपैयाँ दिने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको छ।

प्रकाशित: Jan 16, 2020| 13:42 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।