बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दीपेन्द्रको अर्धशतकमा नेपाल पुलिसले दियो सुदूरपश्चिमलाई २३० रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा नेपाल पुलिसले दियो सुदूरपश्चिमलाई २३० रनको लक्ष्य

मनमोहन एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) जारी सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– मनमोहन एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) जारी सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुनसरीको इनरुवामा जारी प्रतियोगितामा नेपाल पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनायो। 

नेपाल पुलिसका लागि दीपेन्द्र ऐरीले ६८ रनकाे याेगदान दिए। यस्तै, ललित सिंह भण्डारीले ४०, अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ र कुशल भुर्तेलले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फं सुदूरपश्चिका विनोद लामा, शेर मल्ल र आकाश चन्दले समान ३ विकेट लिँदा सन्तोष भट्टले १ विकेट लिए।

प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित: Jan 16, 2020| 13:34 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।