बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इजरायली रेसिङ ड्राइभर निजरीले ‘फर्मुला वान’मा इंग्ल्यान्डको कम्पनीबाट प्रतिस्पर्धा गर्ने

इजरायली रेसिङ ड्राइभर निजरीले ‘फर्मुला वान’मा इंग्ल्यान्डको कम्पनीबाट प्रतिस्पर्धा गर्ने

इंग्ल्यान्डको प्रसिद्ध एक सिटे रेसिङ कम्पनी ‘रोकिट विलियम्स रेसिङ’ले ‘फर्मुला वान’काे आउँदो सिजनका लागि इजरायलका रोय निजरीलाई अनुबन्ध गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

इंग्ल्यान्ड– इंग्ल्यान्डको प्रसिद्ध एक सिटे रेसिङ कम्पनी ‘रोकिट विलियम्स रेसिङ’ले ‘फर्मुला वान’काे आउँदो सिजनका लागि इजरायलका रोय निजरीलाई अनुबन्ध गरेको छ।

गत वर्ष उत्कृष्ट प्रदर्शन गरेपछि विलियम्सले इजरायली रेसिङ ड्राइभर निजरीलाई आफ्नो टिममा ल्याएको हो।

२५ वर्षीय निजरीले गत वर्ष ‘फर्मुला टु’मा प्रतिस्पर्धा गरेका थिए।

निजरी ‘फर्मुला वान’को आउँदो सिजनका तीन खेलमा सहभागी हुँदैछन्। “यो इजरायलको मोटर स्पोट्र्सका लागि आधारस्तम्भ पनि हो,” प्रतियोगिता आयोजकले बुधबार सार्वजनिक गरेसँगै निजरीले भने, “आउँदो खेलको अनुभव मेरा लागि अमूल्य हुनेछ।”

विलियम्स टिमका उपप्राध्यापक क्लेरे विलियम्स भन्छन्, “रोयले अबुधाबीमा भएको पोस्ट सिजनको खेलमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। त्यो प्रदर्शनबाट हामी एकदमै प्रभावित बनेका छौं। उनले छोटो समयमै राम्रो प्रदर्शन गरेका छन्। उनी मेहेनती प्रतिभा हुन्, जो यो खेलमा भाग लिन चाहान्छन्।”

प्रकाशित: Jan 16, 2020| 12:15 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।