शुक्रबार, साउन १५, २०८३

भाजपाले २०१९ को चुनाव प्रचारमै सक्यो १२ सय करोड

भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ।

सन् २०१४ को चुनावमा भाजपाले जम्मा ७ सय १४ करोड खर्च गरेको थियो। जबकी भारतीय कांग्रेसले पछिल्लो लोकसभा चुनावमा ८ सय २० करोड खर्च गरेको छ भने २०१४ को चुनावमा ५ सय १६ करोड खर्च गरेको थियो।

भारतीय निर्वाचन आयोगमा भाजपाले बुझाएको प्रतिवेदन अनुसार १ हजार ७८ करोड पार्टी प्रपोगाण्डामा खर्च गरेको छ भने १ सय ८६ करोड उम्मेदवारमाथि खर्च गरेको छ।

उम्मेदवारको खर्चमा ६ सय ३३ लाख मिडियालाई बाँडिएको छ। ४६ लाख प्रचार सामाग्री, झण्डै तीन करोड पब्लिक मिटिङमा खर्च भएको छ। यसैगरी उम्मेदवारमाथि लागेको अपराधिक छवीलाई सुधार गर्न झण्डै ४९ लाख खर्च गरिएको छ।

भाजपाको केन्द्रीय कार्यालयबाट भएको उक्त खर्चमा आन्ध्र प्रदेश, ओडिसा, सिक्किम र अरुनाञ्चलको प्रदेश चुनावमा ७ सय ५५ करोड खर्च भएको छ। जहाँ ३ सय २५ करोड रुपैंया मिडियामा खर्च भएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो तथ्यांक निर्वाचन आयोगमा दिइएको छ। तर, यसभन्दा कयौं गुणा बढी रकम भाजपाले निर्वाचनमा खर्च गरेको छ।

प्रकाशित: Jan 16, 2020| 11:17 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।