वाशिङ्टन– लामो समयदेखि जारी व्यापार युद्ध कम गर्न अमेरिका र चीन सहमत भएका छन्। यससम्बन्धी सम्झौतामा बुधबार राति हस्ताक्षर भएको छ।
दुई देशबीचको यो सम्झौताले विश्व व्यापारलाई नै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। किनकी चीन–अमेरिका व्यापारिक तनावले दुई देशीबीचको मात्रै होइन, विश्वव्यापी अर्थ व्यवस्थामा पनि असर परिरहेको थियो।
सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘पछिल्लो सम्झौता अमेरिकाको अर्थ व्यवस्थामा परिवर्तन ल्याउन सफल हुनेछ।’
राष्ट्रपति ट्रम्पले यसबाट चीन र अमेरिकाबीच निकै मजबुद सम्बन्धको जग तयार हुने बताएका छन्। उनले भनेका छन्, ‘हामी दुवै मिलेर पछिल्ला गल्तीलाई सच्याएका छौं। हामी मिलेर आर्थिक न्याय र सुरक्षायुक्त भविष्य तयार गरिरहेका छौं। विश्वभर शान्ति ल्याउनको लागि यो एउटा प्रयास हो।’
चीनका नेताले पनि यो सम्झौतालाई फाइदाको कारोबार भनेका छन्। दुई देशबीचको सम्बन्धमा पनि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार चीनले अमेरिकी आयातको हिस्सा बढाएर २ सय बिलियन डलरसम्म पुर्याउन सक्नेछ। त्यस्तै, चीनका केही सामानमा लगाएको उत्पादन शुल्क ५० प्रतिशतसम्म कम गर्न अमेरिका सहमत भएको छ।
अमेरिका र चीनबीच सन् २०१८ देखि व्यापारिक युद्ध जारी छ। यसले विश्वव्यापी अर्थ व्यवस्थामा पनि असर गरेको पाइएको थियो।
बीबीसी