बुधबार, असार ३१, २०८३

एम्बाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

लिग वानअन्तर्गत पीएसजीले मोनाकोमाथि सानदार जित हासिल गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– लिग वानअन्तर्गत पीएसजीले मोनाकोमाथि सानदार जित हासिल गरेको छ।

बुधबार राति सम्पन्न खेलमा पीएसजीले मोनाकोलाई उसकै घरेलु मैदानमा ४–१ ले पराजित ग¥यो। पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरे भने नेयमार र सारावियाले एक–एक गोल गरे।

खेलको २४औं मिनेटमै डि मारियाको पासमा एम्वाप्पे गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। डि मारियाले दिएको पासलाई उनले डि बक्सभित्रबाट प्रहार गरेका थिए।

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा ब्राजिलियन फरवार्ड नेयमारले गोल गरेर टिमको अग्रता दोब्बर बनाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

खेलको ७२ औं सारावियाले टिमका लागि तेस्रो गोल गरे। डि बक्स बाहिरबाट भेरातीले दिएको लङ पासलाई उनले गोलमा परिणत गरे।

घरेलु टोलीका लागि बकायोकोले खेलको ८७ औं मिनेटमा गोल गरे। उनले एड्रिन सिल्वाको पासलाई गोलमा परिणत गरे।

त्यसपछि थपिएको समयमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को सानदार जित दिलाए।

लिगमा २० औं चरणका खेल सकिँदा पीएसजी ४९ अंकका साथ शीर्ष स्थानमा छ भने मानाको २९ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित: Jan 16, 2020| 08:47 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।