बुधबार, असार ३१, २०८३

डेब्यू खेलमै लुकाकुको दुई गोल

कोपा इटालिया अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टर मिलानले काग्लिरीलाई हराएको छ। बेल्जिय
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

एजेन्सी– कोपा इटालिया अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टर मिलानले काग्लिरीलाई हराएको छ। बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै मिलानको घरेलु मैदान जितमय भएको हो।

सान सिरो मैदानमा भएको खेलमा मिलानले ४–१को गोल अन्तरको जित निकाल्यो। प्रिमियर लिगबाट भर्खरै इटाली प्रवेश गरेका लुकाकुले डेब्यू खेलको २२ सेकेन्डमै गोल गरेर सुरुवाती अग्रता दिलाए। उनले प्रिमियर लिग, सिरी एको डेब्यू खेलमा पनि स्कोर गरेका थिए ।

प्रतिस्पर्धी टीमका क्रिस्टियन ओलिभाबाट खोसेको बललाई लुकाकुले गोलमा परिणत गरेका थिए। दोस्रो गोल भने उनले दोस्रो हाफको सुरुवातमै गरे । खेलको ४९ औं मिनेटमा निकोलो बरेलाले कर्नरबाट प्रहार गरेको गोललाई बेल्जियन फरवार्डले पावरफुल हेडका साथ गोल गरेका थिए ।

यसअघिको २२ औं मिनेटमा मिडफिल्डर बोर्जा वालेरोले गोल गरे । सर्ट रेन्जबाट पास भएको बललाई बोर्जाले गोलमा परिणत गरेका थिए ।

तीन गोल पनि निकै दबाबमा आएको काग्लिरीले ७२ मिनेटमा मात्र सान्त्वना गोल गर्न सक्यो । पाहुना टोलीका तर्फबाट क्रिस्टियन ओलिभाले गोल गरे। अर्बटो सारीको एसिस्टमा उनले गोल गरेका थिए। खेलेका पहिलो मिनेटमै उनले बेल्जियन फरवार्डलाई बल दिएर गरेको भुल सुधार गर्दै उनले गोल गरेका हुन् ।

३–१ को नतिजापछि पनि मिलानको आक्रामक खेल भने सकिएन । उसले खेलको ८०औं मिनेटमा पुनः अर्को गोल गरेर जितलाई ४–१ को गोल अन्तर बनाउन सक्यो । खेलको अन्तिम गोल रानोचियाले गरे । क्रिस्टियानो विराघीले दिएको पासको सदुपयोग गर्दै रानोचियाले गोल गरेका थिए ।

यो जितसँगै मिलान कोपा इटालियाको क्वाटर फाइनल प्रवेश गरेको छ ।

प्रकाशित: Jan 15, 2020| 11:11 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।