मंगलबार, चैत १०, २०८२

वार्नर र फिन्चको शतकीय पारीमा भारतको लज्जास्पद हार

भारतले अष्ट्रेलियासँग लज्जास्पद् हार ब्यहोरेको छ। तीन एकदिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पहिलो एकदिवसीय खेलमा पाहुना टोली अष्ट्रेलियासँग भारत १० विकेटले पराजित भएको हो।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं - भारतले अष्ट्रेलियासँग लज्जास्पद् हार ब्यहोरेको छ। तीन एकदिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पहिलो एकदिवसीय खेलमा पाहुना टोली अष्ट्रेलियासँग भारत १० विकेटले पराजित भएको हो। अष्ट्रेलियाको जितमा डेविड वार्नर र एरोन फिन्च नायक रहे। दुबैले अविजित रहँदै शतकीय पारी खेले। वार्नरले १ सय १२ बलमा १ सय २८ रन बनाए। उनले १७ चौका र ३ छक्का प्रहार गरे। यस्तै फिन्चले १ सय १४ बलमा १ सय १० रन बनाए। उनले १३ चौका र २ छक्का प्रहार गरे। अष्ट्रेलियाले ३७ दशमलव ४ ओभरमै २ सय ५६ रनको लक्ष्य भेट्टायो।

National life

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४९ दशमलव १ ओभरमा २ सय ५५ रनमा समेटिएको थियो। भारतका लागि सुरुवाती ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ७४ रन बनाए। त्यस्तै केएल राहुलले ४७, रिषभ पन्तले २८, जडेजाले २५ रन बनाए। भारतका कप्तान विराट कोहली भने १६ रनमा आउट हुँदा रोहित शर्मा १० रनमा आउट भए। अष्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा प्याट क्युमिन्स र केन रिचर्डसनले समान २/२ विकेट लिए।

कुनै पनि टोलीले २ सय ५० माथिको लक्ष्य पछ्याउँदै १० विकेटको जित निकालेको यो तेस्रो घटना हो। यसअघि क्रिकेट इतिहासमा दुई पल्टमात्र २५० रनमाथिको स्कोर पछ्याउँदै १० विकेटको जित भएको छ। भारत सन् २००५ पछि घरेलु मैदानमा १० विकेटले पराजित भएको यो पहिलो पटक पनि हो।

जितसँगै सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ। दोस्रो एकदिवसीय आगामी शुक्रबार हुने छ।

प्रकाशित: Jan 14, 2020| 20:53 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।