बुधबार, असार ३१, २०८३

दस खेलाडीमा समेटिएको आर्मीलाई संकटाले बराबरीमा रोक्यो

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा आर्मी र संकटाले १-१ गोलको बराबरी खेलेका हुन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा आर्मी र संकटाले १-१ गोलको बराबरी खेलेका हुन्।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आर्मी संकटासँग अंक बाड्न बाध्य भयो। खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै संकटालाई बराबरीमा ल्याए। खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटिएको थियो। युद्ध शाही रातो कार्ड पाउँदै मैदान बाहिरिँदा त्यसको फाइदा संकटाले उठाउँदै बराबरी गोल फर्काउन सफल भयो।

आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दि म्याच चुनिए। दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ। संकटाले समान खेलमा ८ अंक जोडेको छ। संकटा आठौं स्थानमा रहेको छ। मछिन्द्र क्लब लिगको शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: Jan 14, 2020| 17:32 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।