बुधबार, असार ३१, २०८३

नरेनापुरमा बन्ने भयो रामजानकी रंशसाला

धकधई खैरेनी सडकखण्डमा पर्ने नरेनापुरमा करिब चार बिगाह क्षेत्रफलमा रामजानकी रंगशाला बन्ने भएको छ ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

भैरहवा । धकधई खैरेनी सडकखण्डमा पर्ने नरेनापुरमा करिब चार बिगाह क्षेत्रफलमा रामजानकी रंगशाला बन्ने भएको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त क्षेत्र धकधई खैरेनी सडकखण्डसंग प्रत्यक्ष जोडिएको छ । रंगशाला निर्माणको लागि बहुवर्षिय योजनाको रुपमा १ करोड २३ लाख बजेट माग गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता शिवकुमार धवलका अनुसार बहुवर्षिय योजनाको रुपमा अगाडि सारिएको उक्त खेल मैदान निर्माणको लागि चालू वर्षमा गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । यसैगरी प्रदेश सरकारले यसअघि गत वर्ष नै सोही रंगशालाको लागि ३६ लाख रकम प्रदान गरेको थियो । उक्त रकमले माटो भर्ने काम भइसकेको छ ।

नरेनापुरमा खेल मैदान बनेपछि स्थानीय खेलाडीलाई अभ्यासमा सहज हुने देखिएको छ । जिल्ला सदरमुकाम भैरहवादेखि धकधई उत्तर खैरेनी जाने बाटोमा पर्ने उक्त क्षेत्रमा रंगशाला बनेमा मझौली, डाँडा, नरेनापुर, धकधई, छोटकी रामनगर, बिर्ता, तीन नम्बर, ढोलबडाहा, पकडीहवा, प्रगतिनगर गाउँका खेलाडीहरुलाई अभ्यासमा सहज हुने स्थानीय देवेन्द्र पाण्डेले बताए ।

 

प्रकाशित: Jan 14, 2020| 17:21 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।