मंगलबार, भदौ २, २०८३

चोरीको ६५ लाख भारुसहित तीन जना पक्राउ

भारतबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

धनगढी – भारतबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने ३२ वर्षीया बिन्दा कुमारी थापा (रावल), बाजुरा बुढिगंगा नगरपालिका-१, डुङ्ग्री बस्ने २६ वर्षीय जहर सिंह थापा र सोही ठाउँकी मना कुमारी खड्का (थापा) रहेकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जहरसिंह र मनाकुमारी भारतबाट पैसा चोरी गर्ने र बिन्दाले चोरीको पैसा आफ्नो घरमा लुकाउने गरेकी थिइन्। कैलाली प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीको पैसा बिन्दाले कच्ची घरको कोठा भित्र खाट मूनी खाल्डो खनी टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर राखेको भेटिएको थियो।

उनीहरुको साथबाट भारतीय २ हजार दरको १४ सय नोट, पाँच सय दरको ७ हजार २ सय नोट र एकसय दरको १ हजार नोट गरि ६५ लाख बरामद गरिएको छ।

दिल्लीस्थित विशेश्वर अग्रवालको कार्यालयबाट गत डिसेम्बर ४ तारिखमा नगद तथा गरगहना चोरी भएको भनेर भारतीय दूतावासले पत्र पठाएपछि खोजी गर्दा उनीहरु पक्राउ परेको बस्नेतले जानकारी दिए।

 

प्रकाशित: Jan 14, 2020| 15:27 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।