काठमाडौं– नेपालका लागि भारतको राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन्।
तत्कालीन राजदूत मन्जिव सिंह पुरीको कार्यकाल सकिएपछि भारतले क्वात्रालाई नेपाल पठाउने भएको हो।
यसअघि उनी फ्रान्समा राजदूत थिए । भारतले फ्रान्समा जावेद अशरफलाई नियुक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले क्वात्रालाई राजदूत नियुक्त गरिएको बारे नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ।
फेब्रुअरीमा उनी कार्यभार सम्हाल्न नेपाल आइपुग्ने बुझिएको छ।
३० वर्षदेखि भारतको विदेश सेवामा कार्यरत क्वात्रा सन् १९८८ मा सेवा प्रवेश गरेका थिए। उनी संयुक्त राष्ट्र संघ, सार्कलगायतका संस्थामा पनि काम गरिसकेका छन्।
फ्रान्सका लागि राजदूत नियुक्त हुनुअघि उनी चीनका लागि सहायक राजदूत थिए। उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा पनि काम गरिसकेका छन्।