मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बसमा अश्‍लील हर्कत गर्ने युवक सार्वजनिक, भन्छन्– भिडियाे बनाएर पैसा कमाउन त्यसो गरेको हुँ

बसमा अश्‍लील हर्कत गर्ने युवक सार्वजनिक, भन्छन्– भिडियाे बनाएर पैसा कमाउन त्यसो गरेको हुँ

एक वर्षअघि बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– एक वर्षअघि बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। प्रहरीले भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रविन सार्कीलाई सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई सोमबार चितवनबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सार्कीले बसमा हस्तमैथुन गरेको भिडियाे बनाएर अपलोड गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौंमा रिक्सा चालकका रूपमा काम गरेका सार्कीले साउनमा भिडियाे बनाएर मंसिरमा अपलोड गरेका थिए। उनले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियाे बनाएर अपलोड गरेको बताएको प्रहरीले जनाएको छ।

भिडियाे भाइरल भएर प्रहरीले खोजी गर्न थालेपछि सार्की भारत भागेका थिए। त्यसको केही समयपछि उनी नेपाल फर्केका थिए। यसको सूचना पाएपछि प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउने तथा कसैलाई अश्लील गालीगलौज गर्ने कसूर गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित: Jan 14, 2020| 12:27 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।