बुधबार, असार ३१, २०८३

प्रिन्स विश्व वरीयताको ११ औं स्थानमा

नेपालका युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियरतर्फको विश्व वरीयतामा तीन स्थान सुधार गरेका छन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– नेपालका युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियरतर्फको विश्व वरीयतामा तीन स्थान सुधार गरेका छन्।

विश्व ब्याटमिन्टन महासंघले मंगलबार जारी गरेको ब्याटमिन्टन (जुनियरतर्फ)को वरीयतामा उनी ११ औं स्थानमा उक्लिएका हुन्। उनले ८ हजार ८ सय ४५ अंक पाएका छन्।

गत साता उनी ७ हजार ४ सय ७५ अंकसहित १४ औं स्थानमा थिए।

जुनियरतर्फ वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् भने दोस्रोमा चीनका लिउ लियाङ छन्।

प्रिन्सले पछिल्लो समय ब्याटमिन्टनको जुनियरतर्फको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उनी अघिल्लो साता काठमाडौंमा सम्पन्न प्रेसिडेन्ट कप इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गत यु–१९ को फाइनलमा पुगेका थिए। उनी फाइनलमा तेस्रो वरीयताका भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए।

प्रकाशित: Jan 14, 2020| 11:24 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।