मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोग निको पार्छु भन्दै पाष्‍टरले गरे पटक–पटक बलात्कार

रोग निको पार्छु भन्दै पाष्‍टरले गरे पटक–पटक बलात्कार

ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाको लिखित जाहेरीका आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर जोशीलाई नियन्त्रणमा लिएको हो ।

पीडितको उजुरीमा भनिएको छ, ‘आफ्नो बाथ सम्बन्धी र खुट्टा काम्ने रोगसमेत भएकोले सो चर्चमा गएपश्चात् राम्रो हुन्छ भन्ने विश्वास लागी आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा सो चर्चका पाष्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनी म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नुभएको छ। त्यसैले तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ ।’

पीडित महिलाले आफूलाई ललाईफकाई विश्वास दिलाई ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । ‘पहिलो पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउ मोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो इच्छाविपरीत निज पाष्टरले मलाई करणी गर्नुभयो । मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ति नास भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनी धम्की दिई आएको,’ उजुरीमा उल्लेख छ ।

दोस्रो पटक आफूले सञ्चालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितको भनाइ छ । अस्वीकार गर्दा ‘तिमीले मसँग पहिला पनि शारीरिक सम्पर्क गरिसकेको छौ, यो कुरा तिम्रो परिवार तथा साथीभाइलाई र चर्चमा पनि हल्ला गरीदिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गरेको’ उजरीमा भनिएको छ ।

अन्तिम पटक पुस महिनाको पहिलो हप्तातिर सोही पसलको कोठामा डर, त्रास र दबाबमा पारी जबरजस्ती करणी गरेको पीडितको लिखित जाहेरीमा जनाइएको छ।

प्रकाशित: Jan 14, 2020| 10:02 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।