बुधबार, असार ३१, २०८३

त्रिभुवन आर्मीलाई पुन: शीर्ष स्थानमा उक्लने मौका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) संकटा क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) संकटा क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।

आजको खेलमा त्रिभुवन आर्मीलाई पुनः शीर्ष स्थानमा उक्लने मौका छ। अंकतालिकामा शीर्ष स्थानको मछिन्द्र क्लबभन्दा १ अंक कम रहेको आर्मीले शीर्ष स्थानमा पुग्न आजको खेल जित्नुपर्नेछ। आर्मीको १२ अंक छ।

यसअघि पाँचौं चरणको अन्तिम खेलमा सरस्वती युथ क्लबविरुद्ध जित निकालेपछि आर्मी शीर्ष स्थानमा पुगेको थियो।

आर्मी खेल जित्ने रणनीतिका साथ मैदानमा उत्रिँदैछ।

यता, संकटा क्लब त्रिभुवन आर्मीलाई पराजित गरी अंकतालिकामा माथि उक्लने दाउमा छ। जारी सिजनमा संकटा ७ अंकसहित अंकतालिकाको सातौं स्थानमा छ।

प्रकाशित: Jan 14, 2020| 08:55 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।