मंगलबार, चैत १०, २०८२

टी–ट्वान्टी विश्वकपमा सहभागी संख्या बढाइँदै, नेपाललाई अवसर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी थालेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी थालेको छ। आईसीसीले सन् २०२३ देखि २०३१ सम्मको क्रिकेट संरचनाबारे छलफल गर्दै क्रिकेटको लोकप्रियता बढाउन सन् २०२४ को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या बढाउने तयारी गरेको हो।

National life

फिफाले विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ बनाउन लाग्दा आईसीसीले पनि सहभागी राष्ट्रको संख्या बढाउन लागेको हो। हाल टी-ट्वान्टी विश्वकपमा
१६ राष्ट्रको सहभागिता हुँदै आएको छ।

आईसीसीको यस्तो निर्णयले नेपाललगायत अन्य एसोसियट मुलुकलाई फाइदा हुने देखिएको छ।

आइसीसीले यसका लागि दुई विकल्पमाथि छलफल गर्दै छ। जसमा विश्वकप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला-ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ।

विश्वकप जस्तो ठूलो प्रतियोगितामा सहभागी राष्ट्रको संख्या नबढाउँदा आईसीसीको आलोचना हुँदै आएको थियो। आलोचकहरुले आईसीसीले सधैं टेष्ट राष्ट्रलाई मात्रै ध्यानमा राख्ने र एसोसिएटलाई अवसर नै प्रदान नगर्ने गरेको बताउँदै आएका थिए।

Laxmi sunrise bank
kumari

 

 

 

प्रकाशित: Jan 13, 2020| 17:17 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।