मंगलबार, भदौ २, २०८३

कैलाली र कञ्‍चनपुरमा डढुवा रोगको संक्रमण

वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुरमा आलु तथा गोलभेंडा खेतीमा डढुवा रोगको संक्रमण फैलिएको छ ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

धनगढी– वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुरमा आलु तथा गोलभेंडा खेतीमा डढुवा रोगको संक्रमण फैलिएको छ । रोगका कारण उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

डढुवा रोगको नियन्त्रणका लागि औषधी गर्दा पनि नियन्त्रण नभएको धनगढी उपमहानगरपालिका–३ का किसान मछलाल रानाले बताए । कञ्चनपुरको पुनर्वासका किसान लल्ता रानाले १० कठ्ठामा गरेको आलुखेतीमा संक्रमण फैलिएको सुनाए।

आलु उत्पादन हुने समयअगावै बालीमा डढुवाको संक्रमण फैलिएपछि किसान चिन्तित छन्। स्थानीय सरकारले राहत उपलब्ध गराउनुपर्ने माग किसानको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेंडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताए ।

‘ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरुको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको हो,’ उनले भने । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको संक्रमण देखिने गरेको उनले जानकारी दिए ।

कैलाली र कञ्चनुरमा झण्डै १५ प्रतिशत आलु र गोलभेंडा बालीमा नोक्सान पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । डढुवाको संक्रमणबाट बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव उनको छ । टिप्न तयार भइसकेको आलु र गोलभेंडाको हकमा भने यो विषादी छर्किन नमिल्ने उनले बताए ।

कैलालीमा पाँच हजार दुई सय ३० हेक्टर र कञ्चनपुरमा एक हजार ५ सय हेक्टर जग्गामा आलु खेती गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ११ हजार ५ सय हेक्टरमा आलु खेती हुँदै आएको छ भने त्यसमा १ लाख ७५ हजार टन आलु उत्पादन हुने गरेको छ।

प्रकाशित: Jan 13, 2020| 15:31 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।