मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पेनको काथेरेस नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध

स्पेनको काथेरेस नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ। काथेरेस नगरपालिका विश्व सम्पदा सूचीमा सूचीकृत नगरपालिका हो भने लुम्बिनी सांस्कृतिक नगरपालिकाको मध्य भागमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र हो।

एक कार्यक्रमका बीच लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनले भगिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी र स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो सहभागी थिए ।

यसका साथै लुम्बिनी वरिपरिका नगरपालिका तथा गाउँपालिका र स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउन्डेसनबीच पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ।

बुद्धको मावली मानिँदै आएको देवदह नगरपालिका प्रमुख हिरा बहादुर केसी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख ध्रुवनारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैंडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवट तथा लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोस म्यानुयल भीलानोभाले समेत संस्थागत सम्बन्ध स्थापित गर्ने सम्झौतपत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: Jan 13, 2020| 15:03 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।