बुधबार, असार ३१, २०८३

एनआरटीसँग पुलिस स्तब्ध

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा एनआरटीले पुलिसलाई १–० ले स्तब्ध बनायो। खेलको ७६ औं मिनेटमा एनआरटीका दर्शन गुरुङले राजेश परियारकाे पासमा निर्णायक गाेल गरे। 

जितसँगै एनआरटी अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौंमा उक्लिएको छ। एनआरटीले ६ खेलबाट ८ अंक बटुलेको छ।

यता, नेपाल पुलिस भने एक स्थान तल झरेको छ। पुलिस ८ अंकसहित अंकतालिकामा सातौं स्थानमा छ। एनआरटीसँग समान अंक भएको पुलिस गोलअन्तरका आधारमा एक स्थान तल भएको हो।

आजै हुन लागेको दोस्रो खेलमा अर्काे विभागीय टिम एपीएफ र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन्। उक्त खेल दिउँसो ३ बजे सुरु हुँदैछ।

 

प्रकाशित: Jan 13, 2020| 14:47 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।