मंगलबार, भदौ २, २०८३

६ महिनामै मरे १० गैंँडा

चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ । सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए । केही दिनअघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो ।

घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठ वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा कालगतिले मरेका छन् । गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए । अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए ।

गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन् । कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ । सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए ।

पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए । यस वर्षको चैत्रमा गैँडा गणना गरिँदै छ । पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ ।
रासस

प्रकाशित: Jan 13, 2020| 14:24 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।