आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस वडा सभापति भएपछि १९ वर्षीया स्वस्तिकाले भनिन्- मसँग पनि सपना छन्

कांग्रेस वडा सभापति भएपछि १९ वर्षीया स्वस्तिकाले भनिन्- मसँग पनि सपना छन्

किशोरी स्वस्तिका महतले नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएपछि भनिन्, ‘बाबाका जस्तै मेरा पनि सपना छन्।’
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

सुर्खेत- ‘म त बाबाको सपना पछ्याउँदै राजनीतिमा लागेको हुँ’  दैलेख, दुल्लु-३ की १९ वर्षीया किशोरी स्वस्तिका महतले नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएपछि भनिन्, ‘बाबाका जस्तै मेरा पनि सपना छन्।’

National life

जिल्ला पार्टी सभापति समेत रहेका उनका बुबा .भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएपछि स्वस्तिकाले दलभित्रका गतिविधिहरुमा आफूलाई सक्रिय बनाउन थालेकी रहेछिन्। विद्यार्थी राजनीति मात्र होइन गाउँ-ठाउँमा आयोजित कार्यक्रम र अरु सामाजिक कर्महरु पनि उनको चासो र सक्रियता बढेपछि शुभेच्छुक तथा आफन्तजनहरुले उनलाई राजनीतिमै लाग्न सल्लाह र उत्प्रेरणा दिएका रहेछन्। ‘जिल्लाका सिनियर नेताहरु पनि राजनीतिमा युवाहरुको खाँचो छ भन्नुहुन्थ्यो’, उनले भनिन्, ‘मेरो मनमा पनि राजनीतिप्रति आकर्षण पैदा भयो। राजनीतिबाटै जनताको सेवा गर्न सकिन्छ भन्ने लाग्यो।’

देशको सबैभन्दा पुरानो राजनीतिक दल कांग्रेसभित्र पुस्ताबारे बाक्लै बहस हुने गर्छ। युवाहरुलाई स्थान नदिइएको गुनासो सुनिन्छ। वडादेखि केन्द्रसम्म पनि बुढो पुस्ताले पार्टी नेतृत्व ओगटेको भनिरहेका बेला दैलेख दुल्लुको वडा नम्बर ३ मा स्वस्तिकाको सर्वसम्मत चयन सबैका लागि रोचक परिघटना बनेको छ। सामाजिक सञ्जालमा उनलाई बधाइ दिनेहरु त त्यत्तिकै छन् नै, स्थानीयदेखि केन्द्रसम्मका मिडियाहरुले समेत उनलाई स्थान दिइरहेका छन्। 

‘धैरैले बधाइ दिइरहनुभएको छ, हौसला पनि दिइरहनुभएको छ’, नेपाल समय प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्दै उनले सुनाईन्, ‘मलाई खुशी पनि लागेको छ।’

कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2021| 18:40 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।