बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानी सेनाले युक्रेनी विमान खसालेको स्विकारेपछि चर्कियो आन्दोलन

इरानी सेनाले युक्रेनी विमान खसालेको स्विकारेपछि चर्कियो आन्दोलन

इरानी सेनाले इरानसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसाएकाे स्विकारेपछि इरानमा आन्दोलन चर्किएको छ ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

इरानी सेनाले इरानसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसाएकाे स्विकारेपछि इरानमा आन्दोलन चर्किएको छ ।

National life

राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयतुला अली खामनेइविरुद्ध नारा लगाएका छन् । त्यस क्रममा उनीहरूले राजधानी तेहरानमा गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेको बीबीसीले जनाएको छ ।

इरानी सुरक्षाकर्मीले कैयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने प्रदर्शन नियन्त्रण गर्ने क्रममा केहि सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।

सुरुमा इरानी सेनाको क्षेप्यास्त्र प्रहारबाट दुर्घटना नभएको दाबी गरिए पनि शनिबार इरानी सेनाले ‘झुक्किएर’ प्रहार भएको बताएपछि आन्दोलन चर्किएको हो । क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खस्दा त्यसमा रहेका १७६ जना यात्रुको मृत्यु भएको थियो।

ओलम्पिक पदक विजेताले छाडिन् देश

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । उनले पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत देश छाड्ने घोषणा गरेकी हुन् ।

२१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेकि छिन्– ‘इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये म पनि एक हुँ । म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहन्न ।’

उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् ।

प्रकाशित: Jan 13, 2020| 10:36 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।