मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिलीप हत्याका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने

दिलीप हत्याका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने

प्रहरीले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) हत्याका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

धनुषा– प्रहरीले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) हत्याका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ।

हत्या आरोपमा पक्राउ परेका चार जनाले ओमप्रकाशको हत्या गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको हो।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन रहेको बस्नेत छन्। यस्तै, हत्यामा टिपर चालक महोतरी बर्दिबास–९ का ३७ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादवले सहयोगी भूमिका निभाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार आरोपितले ओमप्रकाशलाई नियन्त्रणमा लिएर टिपरले किचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। उनीमाथि ना७प ६४१३ नम्बर टिपर चढाइएको प्रहरीले जनाएको छ।

गत शुक्रबार बिहान औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका ओमप्रकाशको टिपरले किचेर हत्या गरिएको थियो।

ओमप्रकाशले श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न अभियान चलाएका थिए। उनले खोलाको डिलमा अवैधानिकरूपमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर)को समेत विरोध गरेका थिए।

मृतकका परिवारले आरोपित चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दर्ता गराएका छन्।

प्रकाशित: Jan 13, 2020| 08:55 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।