मंगलबार, भदौ २, २०८३

ओली-प्रचण्डको शक्ति संघर्षले संसद् बन्धक

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षका कारण सभामुखकाे उम्मेदवार छनोट हुन सकेको छैन् ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं- सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा करिब एक महिनादेखि संसद् बन्धक बनेको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

पुष ४ गतेबाट बोलाइएको हिउँदे अधिवेशन, ११, १६ र २७ गते लगातार सूचना टाँसेर स्थगित गरिएको छ । बैठक स्थगित हुनुको एउटै कारण हो, नेकपाले सभामुखको उम्मेद्वार छान्न नसक्नु ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षका कारण सभामुखकाे उम्मेदवार छनोट हुन नसकेको आजका पत्रपत्रिकाले लेखेका छन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले संसद् बन्यो गुटबन्दीको बन्धक शीर्षकमा खबर छापेको छ ।

आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको कारण देखाइए पनि अन्तर्यमा दुई अध्यक्षको शक्ति संघर्षका कारण संसद् बन्धक बनेको समाचारमा उल्लेख छ ।

उसले लेखेको छ- जननिर्वाचित प्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ ।

आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा दुई अध्यक्षबीचको शक्तिसंघर्षको छाया प्रतिनिधिसभामा प्रकट भएको हो ।

मुख्यतः संसद् सरकारको बिजनेसबाट चल्छ । त्यसैले संसद्लाई सहज रूपमा सञ्चालन गर्ने दायित्व सरकार र त्यसको नेतृत्व गरिरहेको संसदीय दलको हुन्छ ।

तर प्रधानमन्त्री ओली र सत्ताको नेतृत्व गर्दै आएको दल नेकपाका ‘कार्यकारी’ अध्यक्ष दाहाल आन्तरिक विवादमा रुमल्लिइरहेका छन् । जसका कारण प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगन गरिँदै आएको छ ।

पुस ४ मा संसद्को हिउँदे अधिवेशन सुरु भएपछि ११ र १६ गते सूचना टाँसेर स्थगित भएको बैठक आइतबार पुनः माघ ६ गतेसम्मका लागि सारिएको छ ।

आइतबारको बैठकसमेत स्थगित गरिएपछि प्रमुख विपक्षी कांग्रेस, समाजवादी, राजपालगायत दलले संसद्लाई सत्तारूढ दलको गुटबन्दीको सिकार बनाएको टिप्पणी गरेका छन् ।

यस्तै अन्नपूर्ण पोस्ट्ले एक महिना संसद् बन्धक शीर्षकमा खबर छापेको छ । यस्तै उसले गलिनन् तुम्बाहाङ्फे उपशीर्षक दिएर खबर लेखेको छ ।

नागरिक दैनिकले ओली दाहाललाई तुम्बाहाम्फे चुनौती शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै नयाँ पत्रिकाले पार्टीले सभामुखको उम्मेदवार नतोकेसम्म राजीनामा नदिने उपसभामुखको अडान शीर्षकमा खबर लेखेको छ ।

संसद् बन्धनक बनेको विषय बाहेक आजको कान्तिपुरले राजनीतिक आडमा क्रसर व्यवसायीले गरेको मनपरीलाई प्राथमिकताका साथ छापेको छ भने अन्नपूर्ण पोस्ट्ले जुम्लाको चन्दनाथ गुठीको १०८ रोपनी जग्गा व्यक्तिले हडपेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले सरकारले बजेट खर्च नै गर्न नसकेको विषयलाई प्रथमिकताका साथ छापेको छ । चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, ६ महिनाको अवधीमा जम्मा ५२ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

नयाँ पत्रिकाले भने छाउगोठविरुद्ध सरकारले अभियान चलाएपछि स्थानीय देखिएको त्रासलाई मुख्य समाचार बनाएको छ । उसले छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर शीर्षकमा खबर लेखेको छ ।

प्रकाशित: Jan 13, 2020| 07:10 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।