बुधबार, असार ३१, २०८३

ए डिभिजन लिग फुटबल : सरस्वती युवा क्लबले १ अंक जोड्यो

शहिद स्मारक एक डिभिजन लिग फुटबलमा सरस्वती युवा क्लबले पहिलो अंक जोडेको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- शहिद स्मारक एक डिभिजन लिग फुटबलमा सरस्वती युवा क्लबले पहिलो अंक जोडेको छ।

अघिल्ला पाँच खेलमा पराजित भएको सरस्वतीले आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै खाता खोल्न सफल भयो।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

एक अर्काको पोस्टमा पनि दबाब दिन नसक्दा दुबै टिमले अंक बाँढेका हुन्। बराबरीपछि ब्रिगेड ब्वाइज सात अंक सहित आठौं स्थानमा छ।

उसले ६ मध्ये दुई जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ। सरस्वती तालिकाको पुछारमा छ।

प्रकाशित: Jan 12, 2020| 19:25 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।