मंगलबार, भदौ २, २०८३

माघीमा सार्वजनिक विदा दिन थारु समुदायको माग

थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ।

आइतबार थारु कल्याणकारिणी सभाले रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो।

काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए।

उनले भने, ‘थारुको सबैभन्दा ठूलो चाड एवम् नयाँ वर्ष पनि हो। माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक वर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ।

माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिँदै आएकोमा गत वर्र्र्षबाट विदा कटौती गरेको छ।

दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदासमेत कटौति गर्दा सरकारले थारु समुदायमाथि उपहास गरेको महसूस भएको छ। त्यसप्रति थारु समुदायको घोर आपत्ति छ।’

यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मीनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघी मार्फत् आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए।

उनले राज्यले एकै देशका जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारुमाथि चरम विभेद गरेको आरोप समेत लगाए।

यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष एवम् माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए।

कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए।

उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए।

प्रकाशित: Jan 12, 2020| 18:09 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।