मंगलबार, भदौ २, २०८३

संसद्‍मा पुग्यो दिलिप हत्या प्रकरण

राष्ट्रिय सभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने बताइन् । उनले भनिन्, “छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ, राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ ।”

सांसद कोमल वलीले दिलीप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताइन् । “मानवता कमजोर भएको छ, त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिन्छ, राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल छ,” उनले भनिन् ।

सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे । “बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,” उनले भने । सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

रासस

प्रकाशित: Jan 12, 2020| 16:50 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।