आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अस्ट्रेलियाको आगलागी झन् भयावह, माफी मागे प्रधानमन्त्रीले

अस्ट्रेलियाको आगलागी झन् भयावह, माफी मागे प्रधानमन्त्रीले

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

National life

दक्षिण–पर्वी अस्ट्रेलियाको आकाशको रंग रगतको जस्तो देखिएको र आगो झन् भयावह बन्दै गएको बीबीसीले जनाएको छ । आगलागीकै बीच त्यहाँ नयाँ वर्ष २०२० मनाइयो ।

आगलागीमा अहिलेसम्म २८ जनाको ज्यान गइसकेको छ । कम्तीमा दुई हजार घर खरानी भइसकेका छन् । आगलागीमा लाखौं जंगली जनावर मरिसकेको बताइएको छ। तीव्र हावाका कारण आगलागी झन् फैलिरहेको छ।

अस्ट्रेलियाको तापक्रमले सारा रेकर्ड तोडिसकेको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्री पुगेको छ ।

यसैबीच, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले माफी मागेका छन् । देशमा आगलागी भइरहेको बेला छुट्टीमा गएको भन्दै उनको आलोचना भएको थियो। तीव्र आलोचना भएपछि उनी बीचमै फर्केका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2020| 16:43 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।