मंगलबार, भदौ २, २०८३

जनकपुरमा सहिद पत्रकार उमा सिंहको सम्झना

सहिद पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस जनकपुरमा मनाइएको छ। दश वर्षअघि पुष २७ गते साँझ पत्रकार उमाको जनकपुरमा हत्या भएको थियो।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

जनकपुरधाम- सहिद पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस जनकपुरमा मनाइएको छ। दश वर्षअघि पुष २७ गते साँझ पत्रकार उमाको जनकपुरमा हत्या भएको थियो।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले आयोजना गरेको स्मृति दिवसमा बोल्दै सहभागी पत्रकारहरुले संविधानले स्वतन्त्र पत्रकारिताको कुरा गरे पनि व्यवहारमा अझै लागू हुननसकेको बताए।

पत्रकारले सरकार र जनताबीच सम्वाहकको भूमिका निर्वाह गर्दै आइरहे पनि पटकपटक पत्रत्रकारमाथि आक्रमण हुनु निन्दनीय रहेको उनीहरुले उल्लेख गरेका छन्।

केही दिनअघि जनकपुर उपमहानगरपालिका कार्यालयभित्र पत्रकारहरुमाथि भएको आक्रमणको प्रसंग कोट्याउँदै वक्ताहरुले सूचना लिन जाँदासमेत पत्रकारले आक्रमणको सामना गर्नुपर्ने दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे।

निश्पक्ष र यथार्थ लेख्नेलाई धम्कीको सामना गर्नुपरिरहेको भन्दै कार्यक्रमका सहभागीहरुले पत्ररकार सुरक्षाको प्रत्याभूति हुन नसक्नु दुर्भाग्य भएको बताए।

जनकपुरको स्थानीय रेडियोमा कार्यरत पत्रकार उमाको २०६५ पुष २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा एक समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्य एवं महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष रामअशिष यादव,पूर्वअध्यक्ष माधव आचार्य, उमेश साह, वरिष्ठ पत्रकार बीएम खनाललगायतका पत्रकारहरुले स्वतन्त्र पत्रकारिताको वातावरण बनाउनतर्फ राज्यले ध्यान पुर्‍याउनुपर्ने बताएका थिए।

प्रकाशित: Jan 12, 2020| 16:27 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।