मंगलबार, भदौ २, २०८३

दबाब थेग्‍न नसकेपछि उपसभामुख राजीनामा दिने तयारीमा

पार्टीका शीर्ष नेताहरुले चर्को दबाब दिएपछि अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- पार्टीका शीर्ष नेताहरुले चर्को दबाब दिएपछि अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

नेकपाको सचिवालय बैठकले शनिबार औपचारिक रुपमा तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । उनले राजीनामा नदिएकै कारण सभामुखको उम्मेदवार छनोट गर्न नसकिएको निष्कर्ष निकाल्दै तत्काल राजीनामा गर्न उनलाई भनेको थियो ।

सोहि निर्देशनबमोजिम उनले राजीनामा गर्ने मनस्थिति बनाएकी हुन् । यद्यपी उक्त निर्देशन औपचारिक रुपमा तुम्बाहाङ्फेसम्म नपुगेको उनको सचिवालयले जनाएको छ। पत्र आएपछि थप प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

उपसभामुखले पत्रकार सम्मेलन गरेर राजीनामा गर्नुपर्ने अवस्थाबारे पत्रकार सम्मेलनकै आयोजना जानकारी गराउने मनस्थिती बनाएको स्रोतले बताएको छ। यसअघि पनि उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा गर्नुपर्ने कारण माग गर्दै आएकी थिइन् ।

उनले तत्कालिन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको शिकार आफूलाई बनाउन खोजिएको भन्दै आपत्ति जनाउँदै आएकी थिइन् । बिना गल्ती सजाय दिन खोजिएको उनको भनाइ छ ।

महरा गएको असोज १९ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ भने महरा डिल्ली बजार कारागारमा छन् ।

प्रकाशित: Jan 12, 2020| 10:38 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।