मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेयर र प्रदेशसभा सदस्य फकाउँदै राष्ट्रिय सभाका उम्मेदवार

मेयर र प्रदेशसभा सदस्य फकाउँदै राष्ट्रिय सभाका उम्मेदवार

राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा भाग लिएका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा भाग लिएका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगबाट शुुक्रबार निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवार चुनाव प्रचारप्रसारका लागि निस्किएका हुन् ।

उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चा पार्टीका दुई उम्मेदवार चुुनावी प्रतिस्पर्धामा छन् ।

स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा प्रदेशसभा सदस्य यस निर्वाचनमा मतदाताका रुपमा रहेका छन् । उनीहरुलाई आफ्नो पक्षमा तान्न राष्ट्रिय सभा सदस्यका उम्मेद्वारहरु दौडधुप गरिराखेका छन् ।

मुुलुुकका सातै प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्पm सात गरी जम्मा १८ पदका लागि यो निर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्पm १९ गरी जम्मा ४५ जना उम्मेदवार छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उक्त निर्वाचनमा परिणाम आफनो पक्षमा ल्याउन नेकपा र राजपा तथा नेपाली काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेका छन् ।

प्रकाशित: Jan 12, 2020| 09:22 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।