मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ३ को राजधानी आज तोकिँदै, हेटौंडा हुने निश्‍चित

प्रदेश ३ को राजधानी आज तोकिँदै, हेटौंडा हुने निश्‍चित

 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

हेटौंडा- प्रदेश नम्बर ३ को नाम र राजधानी आज (आइतबार) औपचारिक रुपमा प्रदेश सभाबाट तोकिने भएको छ।

शनिबार दर्ता भएको प्रस्तावमाथि अहिले प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्न सत्तारुढ नेकपा र विपक्षी दल कांग्रेस सहमत छन् ।

राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका छन्। सत्तापक्ष र प्रतिपक्षले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको छ। नाम ‘बागमती’ मा सबैको सहमति जुटेको छ।

आजकाे बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासावारेमा जवाफ दिने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए।

उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन्।

नेकपा र काङ्ग्रेसका सांसदले ’फ्लोर क्रस’ नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्था छ । दुवै दलमा हेटौँडा र वाग्मती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेस गर्दा सबैले समर्थन गरेका छन् । 

प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र छन्।

प्रकाशित: Jan 12, 2020| 08:38 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।