बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • थ्री स्टारको सामना गर्दै फ्रेन्ड्स, पहिलो जितको खोजीमा सरस्वती

थ्री स्टारको सामना गर्दै फ्रेन्ड्स, पहिलो जितको खोजीमा सरस्वती

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) दुई खेल हुँदैछन्।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्दैछ।

जारी सिजनमा जितविहीन भएको फ्रेन्ड्स आजको खेलमा जित हात पार्ने दाउमा छ । यता थ्री स्टार पनि आजको खेल जितेर स्पष्ट ३ अंक हात पार्ने रणनीतिमा छ।

जारी सिजनमा फ्रेन्ड्सको तुलनामा थ्री स्टार बलियो देखिएको छ। पाँच खेलमध्ये ३ जित, १ बराबरी र १ मा पराजय भोगेको थ्री स्टार १० अंकसहित चौथो स्थानमा छ। यता, फ्रेन्ड्सको प्रदर्शन भने कमजोर देखिएको छ। जारी सिजनमा २ बराबरी र ३ मा हार भोगेको फ्रेन्ड्स २ अंकसहित पुछारबाट दोस्रो (तेह्रौं) स्थानमा छ।

दशरथ रंगशालामा आजै हुन लागेको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्।

जारी सिजनमा २ जितसहित ६ अंक हासिल गरेको ब्रिगेड कमजोर सरस्वतीमाथि जित हात पार्ने दाउमा छ । यता, अंकविहीन सरस्वती पनि सिजनको पहिलो जितको खोजीमा छ।

प्रकाशित: Jan 12, 2020| 08:36 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।