मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपाको निर्णय

उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपाको निर्णय

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख उम्मदेवार टुंगो लगाउन बसेको सत्तारुढ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख उम्मदेवार टुंगो लगाउन बसेको सत्तारुढ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको छ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको हो।

साथै बैठकले नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। यद्यपि सभामुखमा कसलाई उठाउने भन्नेबारे भने निर्णय गरिसकेको छैन।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको बताए। प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ।’

गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त छ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र छलफल जारी भए पनि ठोस निर्णय हुन सकेको छैन।

निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ।

नेकपामा पूर्व एमालेहरुले पूर्व सभामुख सुबास नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने बताउँदै आएका छन् भने पूर्व माओवादीहरुले अग्नी सापकोटालाई सभामुख पदका लागि अघि सारेका छन्।

यसबारे नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच पटकपटक छलफल भए पनि दुबैजना आफ्नो अडानबाट टसमस नहुँदा अझै सहमति जुट्न सकेको छैन।

उता उपसभामुख तुम्बाहाङ्फेले पनि पद नछोड्ने बताउँदै आएकी छन्।

प्रकाशित: Jan 11, 2020| 18:27 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।