मंगलबार, भदौ २, २०८३

सभामुख टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा सभामुखको उम्मेदवार चयन गर्नेलगायत एजेन्डामा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ।

उम्मेदवार टुंगो लगाउन बसेका यसअघिका बैठकमा अध्यक्षद्वयले आ–आफ्नो अडान नछाडेपछि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख पूर्वमाओवादीको भागमा रहेकाले आफूहरूले पाउनुपर्ने अडानमा छन्। यता, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समक्ष व्यक्तिलाई सभामुख दिनुपर्ने पक्षमा छन्।

ओली पूर्वसभामुख सुबास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा देखिएका छन् भने प्रचण्डले अग्नि सापकोटालाई बनाउनुपर्ने अडान लिएका छन्।

पछिल्लो समय उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गरेपछि नेकपामा सभामुखको उम्मेदवार टुंगो लगाउने काम झन् पेचिलो बनेको छ।

प्रकाशित: Jan 11, 2020| 17:04 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।