सोमबार, माघ ५, २०८२

कोरियन एम्बास्डर तेक्वान्दो प्रतियोगितामा भिजनलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२-१४ वर्षमा स्वर्ण जितेका छन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२-१४ वर्षमा स्वर्ण जितेका छन्। शनिबार भएको प्रतियोगितामा स्वर्ण जितेका भिजनले ६.०४ अंक जोडे भने ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भएका हुन्। मूलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने। 

National life

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको युगलतर्फ १५-१७ वर्ष उमेर समूहमा गोदावरीका सृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक)ले स्वर्ण जिते भने चन्द्रसूर्यका यज्ञ राई र हिमाल अधिकारी (६.११ अंक)ले रजत जिते। 

युगलतर्फ १८–३५ वर्ष उमेर समूहमा १३औं सागका काँस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने। नेपाल प्रहरीका उनीहरुले ७.२३ अंक जोडे। ७.१४ अंकका साथ १३औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३औँ सागका काँस्य विजेता अस्मिन राउत दोश्रो भए ।

 १३औँ सागका स्वर्ण विजेताद्वय नेपाली सेनाका आयेशा शाक्य र सञ्जीवकुमार ओझा तथा सेनाकै १३औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेश्रो स्थानमा चित्त बुझाए।

पुरुष ३६-५० वर्षको एकल पुम्सेमा मूलपानीका मधुसुदन सापकोटा (६.२९ अंक)ले स्वर्ण तथा मूलपानीकै प्रेमकुमार दर्नाल (५.९३ अंक) ले रजत चुमे। प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरीधामका आशिष चन्दले काँस्य हात पारे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2021| 18:15 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।